काठमाडौँ, फागुन ११ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताउनुभएको छ।
प्रतिनिधि सभाको आआइतबारको बैठकमा बोल्दै सांसद बास्कोटाले यस्तो बताउनुभएको हो। उहाँले प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र०लाई लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो भन्दै प्रश्न समेत गर्नुभयो। उहाँले पछिल्लो समय वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुह्लो बल्न लागेको हो कि भन्दै आशंका व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘के प्रमुख प्रतिपक्षले लोकतान्त्रिक गणतन्त्रको विकल्प खोजेको हो ? वामपन्थी र दक्षिणपन्थी विचार बोक्नेको एउटै चुह्लो बलेको हो रु सहमति त्यसमा हो याद गर्नुहोला त्यो चुह्लोमा कहिल्यै राजतन्त्र फर्काउने, गणतन्त्र मास्ने खिचडी एक पाक्दैन, दुई पाक्दैन तीन पाक्दैन। भ्रममा नरहनुहोला।’
उहाँले माओवादी केन्द्र समाजवादी यात्रामा हो कि दक्षिणपन्थी यात्रामा आफ्नो कित्ता क्लियर गर्नुपर्ने बताउनुभयो।
