• ट्रेण्डिङ्ग :
संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन

संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन


  • 2.7K
    SHARES
    • फाल्गुण १२, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    संसद्को अभिलेखमा रहेको सपरिवारलाई श्रद्धाञ्जली भन्ने शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन


    काठमाडौँ, फागुन १२ । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जली व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिनुभएको छ ।

    images

    सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयका बिचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो । 

    सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जली दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिनुभयो । उहाँले संसद् सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिनुभयो ।


    तेस्रो आँखा