• ट्रेण्डिङ्ग :
जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष दाहालको विश्वास

जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष दाहालको विश्वास


  • 3.6K
    SHARES
    • फाल्गुण १४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 5.5K Views

    जनताका समस्या बुझ्न अभियान उपयोगी हुने अध्यक्ष दाहालको विश्वास

    विराटनगर,  फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताउनुभएको छ ।

    images

    प्रेस सेन्टर नेपाल, मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दक्षिणी क्षेत्रमा बसोबास गर्ने आदिवासी, जनजाति, मधेसीका समस्याबारे जान्न तिनलाई समाधानको पहल थाल्न  जागरण अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । 

    अध्यक्ष दाहालले भन्नुभयो, “आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो ।” अभियानबाट जनता उत्साहित भएका बताउँदै उहाँले परिवर्तनको संवाहक नेकपा ९माओवादी केन्द्र० हो भन्नुभयो । 

    अध्यक्ष दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताउनुभयो ।


    तेस्रो आँखा