• ट्रेण्डिङ्ग :
हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)

हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)


  • 9.5K
    SHARES
    • फाल्गुण १४, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 14.6K Views

    हिउँ परेपछि खोप्रालेकको मनमोहक दृश्य (फोटो फिचर)

    म्याग्दी, फागुन १४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित पर्यटकीय स्थल खोप्रालेक हिजोआज भने मनमोहक देखिन थालेको छ । लामो समयको खडेरी र हिमपात नभएका कारण खोप्रालेक उजाड थियो भने हिजोआज हिमपात हुन थालेपछि यहाँ खोप्रालेकको दृश्य मनोमहक देखिन थालेको छ । वरपरका डाँडा र हिमालहरु हिमपातले सेताम्मे हुन थालेका छन् ।

    images
    khopralekh__2_.jpg

    दैनिक जसो हिमपात हुने गरेको छ खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजाल भन्नुभयो, ‘‘हिमपात हुनथालेपछि हिमालहरु मनमोहक देखिन थालेका छन् । वरपरका डाँडापाखाहरुमा पनि हिउँ परेकाले वातावरण निकै मनमोहक बनेको छ । हिमपात भएसँगै स्वदेश तथा विदेशी पर्यटकहरु खोप्रोको भ्रमणमा आउन थालेका छन् ।’’

    khopralekh__5_.jpg

     

    अघिल्लो वर्ष पुसरमाघ महिनामा पर्ने हिउँ यसपाली भने फागुन लागेपछि मात्र पर्न थालेको उहाँले बताउनुभयो । समुद्री सतहदेखि तीन हजार ६ सय साठी मिटरको उचाइमा रहेको आकर्षक पर्यटकीय गन्तव्य खोप्रालेकबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्णलगायतका हिमालहरू आँखै अगाडि देख्न सकिन्छ ।

    khopralekh-(9).jpg

    पर्यटकको सुविधा लागि स्थानीयहरूले पाउद्धार पर्यटन सहकारी संस्थामार्फत सामुदायिक होटल सञ्चालन गरेका छन् । यहाँ ६५ जना पर्यटक वास बस्न सक्ने होटलको क्षमता छ ।

    khopralekh__15_.jpg
    khopralekh__7_.jpg
    khopralekh__6_.jpg


    तेस्रो आँखा