• ट्रेण्डिङ्ग :
विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ

विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ


  • 6.5K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 10.0K Views

    विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित चारजना पक्राउ

    काठमाडौं, फागुन १५ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ७४५ ग्राम सुनसहित तीन महिला र एक पुरुष गरी चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

    images

    बुधबार राति फ्लाइ दुबइको उडानमार्फत काठमाडौं आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभलाई सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “गएराति फ्लाइ दुबइको उडानमार्फत काठमाडौं आएका तीन महिला र एक पुरुषलाई टर्मिनल गेटमा हाम्रो टोलीले चेक जाँच गर्ने क्रममा  सुनसहित फेला पारी पक्राउ गरेको हो ।”

    पक्राउ परेका उज्वेकिस्तानका नागरिक रहेका र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको विमानस्थल सुरक्षा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक राठौरले बताउनुभयो ।


    तेस्रो आँखा