• ट्रेण्डिङ्ग :
१० औँ राष्ट्रिय खेलकुद जेठ ३ देखि, ६ सङ्घलाई निलम्बन

१० औँ राष्ट्रिय खेलकुद जेठ ३ देखि, ६ सङ्घलाई निलम्बन


  • 6.0K
    SHARES
    • फाल्गुण १५, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 9.2K Views

    १० औँ राष्ट्रिय खेलकुद जेठ ३ देखि, ६ सङ्घलाई निलम्बन

    काठमाडौँ, फागुन १५ । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । 

    images

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो । 

    यसअघि राखेपको ११८ औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

    ६ राष्ट्रिय खेल सङ्घ निलम्बन

    बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

    निलम्बनमा परेका राष्ट्रिय खेल सङ्घमा नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल टेनिस सङ्घ, नेपाल साइक्लिङ सङ्घ, नेपाल एथलेटिक्स सङ्घ, नेपाल जिम्न्याष्टिक सङ्घ र नेपाल भारोत्तोलन सङ्घरहेका छन् । 

    राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल सङ्घलाई कार्वाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।


    तेस्रो आँखा