• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घट्यो


  • 4.6K
    SHARES
    • फाल्गुण १६, २०८१ शुक्रबार
    • १ बर्ष अघि
    • 7.0K Views

    सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घट्यो

    काठमाडौं, १६ फागुन । नेपाली बजारमा साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा