लहान, फागुन १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय जनताले पाउनुपर्ने उद्येश्यले तराई-मधेश अभियानमा जुटेको बताउनुभएको छ ।
अभियान अन्तर्गत सिरहा आइपुग्नु भएको माओवादी अध्यक्ष प्रचण्ड नवराजपुर गाउँपालिका –१ भगवतीपुर बलात्कृत भइ मृत्यु भएकी रिङकु सदायको घर पुगेर यस्तो बताउनुभएको हो ।
सामाजिक न्याय पाउन नससिकरहेको तराई–मधेशका जनतालाई सामाजिक न्याय दिलाउन, विभेद र अत्याचारबाट मुक्र गराउन जनजागरण चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, `संविधानले गरीव र दलितलाई अधिकार दिएपनि प्रहरी प्रशासनले सेटिङगमा घट्ना लुकाउने काम भइरहेको सुनिएको छ । रिङ्कु सदायको घटनाको दोषी नउम्किउन र अपराधमा संलग्नहरुलाई प्रहरीले नियणत्रणमा लिएर कानुनी कारवाही गरुन । पीडित परिवारलाई न्याय दिलाउनको लागि नेकपा मोओवादी केन्द्र पछि पर्दैन । सदनमा समेत आवाज उठिसकेकोले न्याय दिलाउन प्रतिवद्ध छौं ।
अभियानको क्रममा सिरहा र सप्तरी दुई जिल्लामा सामाजिक न्याय कमजोर हुनुमा स्थानीय राजनीतिक दलहरु प्रहरी प्रशासनको मिलोमतोमा गरीव दलितहरुको आवाजलाई दबाउन काम भइरहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले थप्नुभयो, माओवादी पार्टी कमजोर भए सामाजिक न्याय अझै कमजोर हुने भएकोले पार्टी मजबुत बनाउन सिङ्गै पार्टी अभियानमा लागेका छौं ।
घरमै आएर न्याय दिलाउने प्रतिवद्धा गरेपछि अब न्याय हुने रिङ्कु सदायका पिता विजुली सदायले आशा जागेको बताउनुभयो । हाम्रो कुरा प्रहरी प्रशासनले नसुन्ने र सामाजिक न्याय समेत नभइरहेकोले मुसहर समुदाय समस्यामा रहेको मुसहर समुदायका अगुवाहरुले लिखित ध्यानकार्षण पत्र नेकपा अध्यक्ष प्रचण्डलाई बुझाउनुभएको थियो । अगुवा रामसुफल सदायले बुझाउनु भएको ध्यानकार्षण पत्रमा मुसहर समुदायलाई सुरक्षित आवास, रोजगारीको प्रवन्ध, सामाजिक न्याय छुट्टै मुसहर आयोग र सामाजिक न्यायमा पहुँच हुनुपर्ने र रिङकुको बलात्कारपछिको हत्यामा संलग्न दोषीहरुलाई कानुनी कारवाही हुनुपर्ने लगायतका १३ बुँदे माग समेटिका छन् ।
माघ २७ गते सौच गर्न गएकी रिङकु बिहान तीन बजे बलात्कृत भइ घर फर्केकी थिइन । गाउँमा पञ्चायत बसेर गरेको एकलाख ४० हजार दण्ड समेत नदिदाँ आफ्नै घरमा पञ्चायत भएकै भोलिपल्ट मृत्य अवस्थामा फेला परेकी थिइन् ।
बलात्कार गरेका गाँउकै रुपेश मण्डल चन्दा साह र रामनिय मण्डल फरार हुनुमा प्रहरी प्रशासनको लापरबाही रहेको गुनासो रिङकुका परिवारजनहरुले गुनासो पोखेको थियो ।
विहान भगवानपुर चोकमदेखि सिरहा सप्तरीको सिमाना रहेको बलान नदीसम्म मर्निङ वाक सकेर सखुवानन्कारकटि गाँउपालिकाका पार्टी प्रवेश कार्यक्रम सकेर नवराजपुर(१ भगवतीपुर रिङकु सदायको घर पुगेर पश्चिमतर्फ नवराजपुर बरियारपटि औरही सन्हैठा र अन्तयमा सिरहाको कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले जानकारी दिँदै सिरहामा वृहत्त अन्तरक्रियापछि आजै धनुषातर्फ लाग्ने कार्यक्रम तय भएको बताउनुभयो ।
