• ट्रेण्डिङ्ग :
नेपाललाई लागूपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक

नेपाललाई लागूपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक


  • 12.8K
    SHARES
    • फाल्गुण १७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 19.7K Views

    नेपाललाई लागूपदार्थ मुक्त बनाउन सबै एकजुट हुनुपर्छ : गृहमन्त्री लेखक

    काठमाडौँ, फागुन १७ । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागूपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभएको छ।

    images

    शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो।

    उहाँले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागूऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्ने बताउनुभयो।उहाँले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताउनुभयो।

    पालिका र वडावडा स्तरबाट लागूऔषध विरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।६ महिनामा लागूऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गर्नुभयो।

    समग्र राष्ट्रलाई नै केही समयभित्र लागूपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले लागूऔषधले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गर्नुभयो।

    गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागूऔषध रहेको बताउनुभयो।अपराध नियन्त्रणका लागि लागूऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभयो।लागूऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पुर्‍याउन जरुरी रहेको बताउनुभयो।लागूऔषधलाई समयमा नियन्त्रण गर्न नसके अबको १५ वर्षपछि एउटा पुस्ता नै प्रभावित बन्ने जिकिर गर्नुभयो।


    तेस्रो आँखा