• ट्रेण्डिङ्ग :
दाजुको गोली प्रहारबाट २२ वर्षीय भाइको मृत्यु

दाजुको गोली प्रहारबाट २२ वर्षीय भाइको मृत्यु


  • 7.9K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 12.1K Views

    दाजुको गोली प्रहारबाट २२ वर्षीय भाइको मृत्यु

    बैतडी, १८ फागुन । गोली प्रहारबाट सख्त घाइते भएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ ।

    images

     

    गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो । सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए ।

    शनिबार राति करिब ८ बजे लेनदेन का विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो । लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।

    गोली प्रहार गर्ने कर्णबहादुर फरार छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ ।


    तेस्रो आँखा