• ट्रेण्डिङ्ग :
पोरखेगढी हिमपातले सेताम्य बन्यो

पोरखेगढी हिमपातले सेताम्य बन्यो


  • 3.0K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 4.6K Views

    पोरखेगढी हिमपातले सेताम्य बन्यो

    बाजुरा, फागुन १८ । बाजुराको पोरखेगढी फेरि सेताम्य बनेको छ । गत बिहीवार राति अविरल वर्षातसँग परेको हिउँले पोरखेगढी फेरि सेताम्य बनेको हो । 

    images

    बडिमालिका र बुढीनन्दा नगरपालिकाको बिचमा पर्ने पोरखेगढी यती बेला तीन पटक सेताम्य बनेकोे छ । गत पुस २३ माघ १० र फागुन १५ गते गरी यो वर्ष तीन पटक हिउँ परेपछि यो पोरखेगढी फेरि सेताम्य बनेको हो ।

    आफैँमा निकै रमाइलो देखिने पोरखेगढी त्यसैमा हिउँको घुम्टोले ढाकिने गरेकाले अहिले यहाँका आन्तिरक पर्यटक आएर त्यसै हिउँमाथि रमाउन थालेका छन् ।

     

    hiu.jpgअहिले यहाँका स्थानीयले यो गढीमा हिउँसँगै रमाइरहेका छन् । जिल्ला सदरमकाुम मार्तडीदेखि यहाँ हिउँ खेल्न आउनेको निकै घुइँचो लाग्ने गर्दछ ।

    आफैँमा एक रमाइलो देखिने यो गढी त्यसैमा हिउँको गुम्टोमा परिणत हुने गरेकाले सदरमुकाम मार्तडीदेखि धेरै रमाउँन आउने गरेको बुढीनन्दा नगरपालिकाका –९ सिद्धेश्वरी आधारभूत विद्यालयका प्राधानाध्यापक तुलाबहादुर रावतले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पोरेखेगढी आफैँमा एक चिसो ठाउँ हो । त्यसैमा हिउँदको पानी पर्ने वित्तिकै यो ठाउँमा हिउँ पर्न सुरु हुन्छ । यसै हिउँमाथी आनितकर पर्यटक रमाउँने गर्दछन् ।”

    मार्तडी कोल्टी सडकको बिचमा रहेको यो पोरखेगढीमा अहिले पनि बाम्लो हिउँ जमेको छ  । यहाँ आउने गरेको जो कोहीले पनि एक पटक गाडी रोकेर हिउँमा रमाउँने गरेको रावतले बताउनुभयो ।

    ___________2_.jpg
    ___________3_.jpg


    तेस्रो आँखा