• ट्रेण्डिङ्ग :
धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला

धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला


  • 6.7K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 10.3K Views

    धनगढीको सामुदायिक वनमा दुई जना मृत फेला

    धनगढी, फागुन १८ गते । कैलालीको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना मृत फेला परेका छन् ।

    images

    धनगढी उपमहानगरपालिका–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

    सो कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका अनुसार चौधरीको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको थियो । साइकलमा सामान बाध्ने रबरले पासो लगाएर झुन्डिएको अवस्थामा देवल फेला परेको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी, चौधरी झुन्डिएको घटनास्थलभन्दा करिब १५र२० मिटर टाढा भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको जनाइएको छ । बिहान वनमा दुई वटा शव देखेपछि स्थानीयले अस्थायी प्रहरी पोष्ट जुगेडालाई खबर गरेका थिए । घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनास्थललाई सिल गरिएको छ ।


    तेस्रो आँखा