• ट्रेण्डिङ्ग :
नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्य स्थल बनाइँदै

नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्य स्थल बनाइँदै


  • 10.7K
    SHARES
    • फाल्गुण १८, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 16.5K Views

    नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्य स्थल बनाइँदै

    तनहुँ, १८ फागुन । जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्य स्थल बनाउन पहल थालिएको छ ।

    images

    यस ठाउँलाई आन्तरिक पर्यटकको गन्तव्य स्थल बनाउन वडाले पूर्वाधार निर्माणमा जोड दिएको हो ।

    वडा कार्यालयले हालै मात्र विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेको जनाएको छ ।

    म्याग्दे–७ का वडाध्यक्ष वसन्त श्रेष्ठले प्रचारप्रसारको अभावमा यस ठाउँ ओझेलमा परेकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धनमा जोड दिइएको बताउनुभयो।

    उहाँका अनुसार गुफासम्म जाने सिँढी बाटो, पार्कसहितको विश्राम स्थललगायत संरचना बनाउने लक्ष्य राखिएको छ ।
    नीलकण्ठेश्वर महादेव सिद्धेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष श्रीभद्र आचार्यले पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा यो ठाउँ ओझेलमा परेको बताउनुभयो ।

    धेरै वर्ष पहिलादेखि रहेको गुफाकाबारेमा अधिकांशलाई जानकारी नभएपछि स्थानीयवासी यसको प्रवद्र्धनमा जुटेका उहाँको भनाइ छ ।

    स्थानीयवासीले केही समय अगाडि मात्रै गुफाभित्र शिवलिङ्ग, गणेश, नाग, शङ्खलगायत आकृतिसहितका संरचना फेला पारेका थिए । ‘गुफाभित्र शिवलिङ्ग भएका बारेमा हामीलाई पनि थाहा थिएन, गुफा अवलोकनका क्रममा उक्त शिवलिङ्ग भेटियो । नजिक भएर पनि हामी अन्यौलमा रहेछौँ । शिवलिङ्गबाट आफैँ जल चुहिने गर्दछ’, उहाँले भन्नुभयो ।

    यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवर्धन हुनुका साथै स्थानीयको आर्थिक अवस्था सुधार हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । आचार्यले भन्नुभयो, ‘परापूर्वकालमा यस ठाउँमा भगवान् शिवजीले बास गरेका थिए । यहाँ एक सय आठ बेलका वृक्षहरू पनि छन् । यहाँको वस्तुस्थिति हेर्दा शिवको बास थियो भन्ने कुरामा द्विविधा छैन ।’ उहाँले यसको संरक्षण र प्रवर्धन गर्दै पर्यटकीय गतिविधि बढाएर स्थानीयलाई रोजगारीका अवसर सृजना गर्न सकिने धारणा राख्नुभयो ।

    सिद्धेश्वर गुफाको प्रवद्र्धनका लागि स्थानीय सरकारले सहयोग गर्ने, पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजन गर्ने र अपुग भए प्रदेश सरकारसँग साझेदारी गर्ने योजना रहेको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


    तेस्रो आँखा