• ट्रेण्डिङ्ग :
हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने


  • 7.9K
    SHARES
    • फाल्गुण २०, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 12.2K Views

    हिमालय एअरलाइन्सले पोखरा–ल्हासा उडान गर्ने

    काठमाडौँ, फागुन २० । हिमालय एअरलाइन्सले पोखरा र ल्हासाबिच साप्ताहिक उडान सुरु गर्ने भएको छ । आगामी चैत १८ गतेदेखि यो नयाँ रुटको उडान सुरु हुने छ । 

    images

    हिमालय एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागका आधारमा आगामी दिनमा उडान थप्ने योजनासहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्दै छौँ ।”

    प्रारम्भिक योजना अनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ८स्३० बजे हुने र सोही दिन चीनको स्थानीय समय अनुसार १२स्०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने छ । त्यसै गरी ल्हासा–पोखरा उडानले ल्हासा गोङ्गर विमानस्थलबाट स्थानीय समय अनुसार चैत १८ गते १३स्१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समय अनुसार १२स्४५ मा पोखरा अवतरण गर्ने छ ।  

    पोखरा–ल्हासा उडान पोखरा 

    अन्तर्राष्ट्रिय विमानस्थलबाट चैत १९ मा स्थानीय समय अनुसार बिहान ८स्२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२स्०५ बजे ल्हासा पुग्ने छ । त्यसै गरी ल्हासा–काठमाडौँ उडानले ल्हासा गोङ्गर विमानस्थलबाट चैत १९ गते स्थानीय समय अनुसार १२स्३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार १२स्०५ मा काठमाडौँ अवतरण गर्ने छ । 

    हिमालय एयरलाइन्सका उपाध्यक्ष एवं प्रवक्ता विजय श्रेष्ठले काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ उडानले दुई राष्ट्रका नागरिक–नागरिकबिचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने बताउनुभयो । 


    तेस्रो आँखा