• ट्रेण्डिङ्ग :
घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु

घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु


  • 5.9K
    SHARES
    • फाल्गुण २६, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 9.1K Views

    घरमा आगलागी हुँदा जलेर बालकको मृत्यु

    जाजरकोट, फागुन २६ । जाजरकोटमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । कुशे गाउँपालिका ८ ग्राक्लीका जनकबहादुर रोकायका १२ वर्षीय छोरा अम्मर रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    images

    आइतबार राती करिब १२ बजे खाना पकाउने चुलोबाट लागेको आगोले माटो ढुङ्गाले बनेको दुई तले खरले छानु भएको घर आगलागी भएको छ । खाना पकाउने चुलोबाट सल्किएको आगोले घर पूर्ण रूपमा क्षति भएको छ । घरमा आगलागी भएपछि स्थानीयको सहयोगमा उद्धार गरिएको थियो । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार घर पूर्ण रूपमा जलेर नष्ट भएपछि लत्ताकपडा भाँडाकुँडा, अन्नपात नगद सहित गरगहना जलेर नष्ट भएका छन् । आज बिहान सवा ४ बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 


    तेस्रो आँखा