• ट्रेण्डिङ्ग :
भेरीमा बेपत्ता ३ जना मध्ये एकको शव  भेटियो 

भेरीमा बेपत्ता ३ जना मध्ये एकको शव  भेटियो 


  • 7.0K
    SHARES
    • चैत्र २, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    भेरीमा बेपत्ता ३ जना मध्ये एकको शव  भेटियो 

    काठमाडौं, २ चैत। फागुन २८ गते शनिबार भेरी नदीमा नुहाउँने क्रममा बेपत्ता भएका तीन जना मध्य ८ वर्षीय बालक दिनेश बुढा मगरको शव फेला परेको छ।

    images

    बुधबार दिउँसो भेरीगंगा र वीरेन्द्रनगर नगरपालिकाबीचमा पर्ने भेरी पुलको एकसय मिटर तल पानीमा तैरिएको अवस्थामा उनको शव फेला परेको हो ।

    शनिबार साँझ ५ बजेको समयमा सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाट स्थित रानिवगर घाट भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका थिए ।

    भेटिएका ८ वर्षका बालक बुढामगरको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा लगिएको रक्तकालि गण बाँगेशीमल सुर्खेतका एसपी बिमल डाँगीले जानकारी दिए ।

    बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीय गंगा खड्का, ८ वर्षीय कृष्णा सिजाली अँझै बेपत्ता रहेकाछन् ।  उनीहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजीकार्य जारी राखेका छन् । 


    तेस्रो आँखा
    लेखकबाट थप