• ट्रेण्डिङ्ग :
कालीकोटमा युवाहरुबीच झगडा : १७ वर्षीय शाहीको मृत्यु, एक घाइते

कालीकोटमा युवाहरुबीच झगडा : १७ वर्षीय शाहीको मृत्यु, एक घाइते


  • 5.9K
    SHARES
    • फाल्गुण २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 9.1K Views

    कालीकोटमा युवाहरुबीच झगडा : १७ वर्षीय शाहीको मृत्यु, एक घाइते

    कालीकोट, २९ फागुन । कालीकोट, खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।

    images

    दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो ।

    सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

    मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,’ उनले भने ‘पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।’ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    तेस्रो आँखा