• ट्रेण्डिङ्ग :
परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने


  • 3.9K
    SHARES
    • फाल्गुण २९, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 6.0K Views

    परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

    काठमाडौँ, फागुन २९ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शुक्रबार अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। भारतको झारखण्डस्थित बाबा वैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ नयाँ दिल्ली पुग्नुभएको हो। 

    images

    मन्त्री डा। राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मनु महावर तथा भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले स्वागत गर्नुभएको थियो।  

    मन्त्री डा। राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनुहुनेछ।

    मन्त्री डा। राणाले यही मार्च १७ मा उद्घाटन हुने सो कार्यक्रमका जलवायु परिवर्तनको अवस्था र समस्या तथा दक्षिण के चाहन्छ नामक अलग अलग सेसनमा सहभागी भएर नेपालका तर्फबाट सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। साथै उहाँले यसै अन्तर्गत डिजिटल पब्लिक इन्फ्रास्टक्चर कन्क्लेभलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

    कार्यक्रमका दौरानमा मन्त्री डा। राणाले भारतका विदेशमन्त्री डा। एस जयशंकर तथा अन्य मित्रराष्ट्रका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ। सो राइसिना डायलगमा विश्वका विभिन्न देशका प्रधानमन्त्री, विदेशमन्त्री, नेता तथा नीति निर्माताहरुको सहभागिता रहने आयोजक संस्था ओरआएफले जनाएको छ।     


    तेस्रो आँखा