• ट्रेण्डिङ्ग :
महिला विश्वकप एसिया छनोटमा नेपालकाे दोस्रो जित

महिला विश्वकप एसिया छनोटमा नेपालकाे दोस्रो जित


  • 7.5K
    SHARES
    • मंसिर ९, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    महिला विश्वकप एसिया छनोटमा नेपालकाे दोस्रो जित
    काठमाडौं, ९ मंसिर । कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा दोस्रो जित निकालेको छ । बिहीबार दुबईमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

    जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ । नेपाल ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । 

    images

    जितका लागि कुवेतले दिएको २८ रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍याे । नेपालको जितमा इन्दु बर्माले १३ कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन् । कुवेतका लागि एकमात्र विकेट मारिया जस्वीले हात पारिन् ।

    यसअघि टस जितेर  ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटिएको थियो । कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट हात पारे । नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजय हुँदा दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो । 

     

  • सम्बन्धित विषय:

  • # नेपाल
  • # महिला टी-२० विश्वकप
  • # जित
  • # कुवेत

  • तेस्रो आँखा