• ट्रेण्डिङ्ग :
मर्स्याङ्दी जलविद्युतको खोंचम युवकको शव फेला

मर्स्याङ्दी जलविद्युतको खोंचम युवकको शव फेला


  • 5.4K
    SHARES
    • चैत्र ९, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 8.3K Views

    मर्स्याङ्दी जलविद्युतको खोंचम युवकको शव फेला

    तनहुँ, चैत १० । मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधस्थलको जलाशय भित्र ढुङ्गाको खोंचमा अड्किएर रहेको अवस्थामा सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ ।

    images

    नदीमा डुबेर बेपत्ता रहेका गोरखाको गोरखा नगरपालिका नौ किलो बस्ने ३० वर्षीय राहुल कुमालको शव तनहुँको भानु नगरपालिका–२ नारेश्वटारस्थित सशस्त्र प्रहरी बल मनकामना गणले निकालेको हो ।

    शसस्त्र प्रहरी बल मनकामना गणका प्रहरी निरीक्षक वसन्त जिसीले गणका गणपति प्रहरी उपरीक्षक अशोककुमार लम्सालको कमाण्डमा सशस्त्र प्रहरीको  विपत् प्रतिकार्य टोलीले शनिबार शव निकालेको जानकारी दिनुभयो ।

    शारीरिक अपाङ्गता भएका कुमाल पाँच दिन अघि तनहुँको आँबु गाउँपालिका–२ एक्लेफाँटबाट हराउनुभएको थियो ।


    तेस्रो आँखा