• ट्रेण्डिङ्ग :
नेपालगन्जका मुख्यसडकमा फुलेका आर्कषक फूल (फोटो फिचर)

नेपालगन्जका मुख्यसडकमा फुलेका आर्कषक फूल (फोटो फिचर)


  • 15.3K
    SHARES
    • चैत्र ११, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 23.6K Views

    नेपालगन्जका मुख्यसडकमा फुलेका आर्कषक फूल (फोटो फिचर)

    बाँके, चैत १२ । नेपालगन्ज सुर्खेत रोडमा फुलेका फूलहरु हेर्न आउने सङ्ख्या अहिले ह्वात्तै बढेको छ । राँझा एयरपोर्टदेखि गणेशमानसम्म फुलेका आर्कषक फूलहरु हेर्न युवाहरुको भीड लाग्ने गरेको छ ।480605978_984948827062640_1182247332585657408_n.jpg484034372_984948687062654_5013010540666559366_n.jpg

    images

    साझपख फोटो र भिडियो खिच्ने मानिसहरुको भीड लागेपछि नेपालगन्ज उपमहानगरपालिकाले यसलाई व्यवस्थित गर्न ट्राफिक व्यवस्थापनको काम समेत सुरु गरेको छ । व्यवसायिक रुपमा फोटोग्राफरहरु समेत त्यहाँ पुगेर मानिसहरुको फोटो खोच्न थालेपछि झन भीड बढ्न थालेको छ । साँझको समयमा त प्रहरीलाई सडक व्यवस्थापनमै अप्ठ्यारो हुन थालेपछि सुरक्षाकर्मीको सङ्ख्या बढाइएको छ । राति अबेरसम्म पनि मानिसहरु फोटो र भिडियो खिच्नका लागि आउने थालेपछि प्रहरीले त्यसलाई नियन्त्रण गर्न थालेको हो ।484032669_984948853729304_7729636456315890654_n.jpg481704234_984948813729308_6982434582556728912_n.jpg

    सडकको मध्यभागमा फुलेका आर्कषक फूलहरुका कारण पछिल्लो समय नेपालगन्ज चर्चा छ । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको मुख्य सडक सुर्खेत रोडमा फुलहरुलाई गोडमेल, तारजाली लगाएर संरक्षण गरिरहेको छ । जसका कारण नेपालगन्जको मुख्य सडकमै निकै सुन्दर फूलहरु अहिले फुलेका छन् ।480962023_984948570395999_2415286773685237402_n.jpg480626961_984948580395998_3975633332014884263_n.jpg

    नेपालगन्ज उपमहानगरपालिका नगरप्रमुख प्रशान्त विष्टले ट्राफिक र नगर प्रहरीहरुको सहयोगमा साझपख ट्राफिक व्यवस्थापनको काम गरिरहेको बताउनुभयो ।

    युवाहरु धेरै सडकमा जम्मा भएर फोटो र भिडियो खिच्न थालेपछि दुर्घटनाको सम्भावना बढेको भन्दै व्यवस्थापनको काम सुरु गरेको नगरप्रमुख विष्टले बताउनुभयो । केहि दिन अघि नेपालगन्जमा भाइरल बनेको फुलहरु हेर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल समेत पुग्नुभएको थियो ।480581561_984948897062633_4224362725888709956_n.jpg480495636_984948620395994_6054010829714057473_n.jpg

    नेपालगन्ज उपमहानगरले गरेको उत्कृष्ट कार्यमा पर्ने गरेको नगरभित्रको फुल व्यवस्थापन । नेपालगन्ज नगरमा फुलको विरुवा रोप्ने, गोडमेल गर्ने, संरक्षण गर्ने कार्यमा यहाँका निजी संघसंस्था र व्यापारिक प्रतिष्ठानहरुले पनि सहयोग गर्दै आएका छन् । जसले गर्दा नेपालगन्जमा मुख्य सडकमा मनमोहक सुन्दर फूलहरुसँगै अन्य विरुवाहरु उर्कदै गएका छन् । 484070755_984948837062639_6448387996462106552_n_1_.jpg

    सुर्खेतरोडमा फुलेका फूलहरुले धेरैलाई आर्कषित गरेपछि अहिले स्थानीय स्तरमा नेपालगन्ज नगरका अन्य ठाउँहरुमा पनि यस्तै गरी फुलहरु रोप्दै संरक्षणको काम अगाडि बढाउनु पर्ने माग बढेको छ । 481257653_984948800395976_1726234237418370598_n.jpg484032074_984948720395984_4849674735636740755_n.jpg

  • सम्बन्धित विषय:

  • # आर्कषक फूल

  • तेस्रो आँखा