• ट्रेण्डिङ्ग :
६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण


  • 6.6K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 10.2K Views

    ६५ हजारभन्दा बढी विदेशी पर्यटकद्वारा मुस्ताङ भ्रमण

    मुस्ताङ, चतै १३ । मुस्ताङमा साउन यता ६५ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१र०८२ सालको साउनदेखि फागुन महिनासम्म ६५ हजार सात सय ३६ जना विभिन्न नाकाबाट मुस्ताङ प्रवेश गरेको एक्याप जोमसोमका वरिष्ठ संरक्षण शिक्षा सहायक शेरजंग गुरूङले जानकारी दिनुभयो ।

    images

    बेनी–जोमसोम–कोरला सडकखण्ड, अन्नपूर्ण चक्रिय पदमार्ग तथा हवाई मार्गबाट मुस्ताङको भ्रमण गर्नेमा सबैभन्दा धेरै भारतीय ३८ हजार २९३ जनाले भ्रमण गरेका छन् । दोस्रोमा इजरायली एक हजार छ सय पाँच र फ्रान्सेली एक हजार पाँच सय ९९ जना रहेको संरक्षण सहायक गुरूङको भनाइ छ । विगतको वर्षको तुलनामा अमेरिकनहरूको सङ्ख्या घटेको छ भने इजरायलीको सङ्ख्या बढेको छ । गत आव २०८०र०८१ सालमा कुल एक लाख २१ हजार ३५२ जनाले भ्रमण गरेका थिए ।

    अघिल्लो आवमा कुल एक सय १४ देशबाट मुस्ताङ भ्रमण गरेकोमा सबैभन्दा धेरै भारतीय ९६ हजार ५० जना, अमेरिकन एक हजार ४१३ जना र फ्रान्सबाट एक हजार ३२५ जना रहेको एक्याप मुस्ताङले जनाएको छ । हालसम्मको तथ्याङ्क हेर्दा अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन सन्तोषजनक रहेको एक्याप मुस्ताङका निमित्त प्रमुख देउकुमार गुरूङले बताउनुभयो ।

    पर्यटकको सिजन मानिने चैत, वैशाख र जेठ महिनामा विदेशी पर्यटकको आगमन बढी हुन्छ । मुस्ताङमा विं।स २०७५ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेपछि यता भारतीय धार्मिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । वार्षिक भित्रिने विदेशी पर्यटकमा झण्डै एक लाखको हाराहारीम भारतीय भित्रिनु सुखद भएको मुस्ताङका पर्यटन व्यवसायीको भनाइ छ । भारतीयको मुख्य गन्तव्य मुक्तिनाथ मन्दिर हो भने तेस्रो मुलुकबाट आएकाहरू उपल्लो मुस्ताङसम्म पुग्ने गरेका छन् । 

    सडक सञ्जालबाट प्रवेश गर्ने पर्यटकको तथ्याङ्क छिमेकी म्याग्दी जिल्लाको सिमानामा पर्ने घाँसादेखि नै राख्ने गरिन्छ । मुस्ताङमा धार्मिक तथा आर्कषक पर्यटकीयस्थलहरूमा मुक्तिनाथ मन्दिर, गुफाहरू, ताल, गुम्बापर्यटकको प्रमुख रोजाईमा पर्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सडकमार्ग हुँदै भित्रिने स्वदेशी पर्यटकको सङ्ख्या पछिल्ला वर्ष ह्वात्तै बढेको छ । कागबेनीदेखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिरेर अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । सार्क मुलुककालाई प्रतिव्यक्ति एक हजार र तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ । उपल्लो मुस्ताङमा डलरमा शुल्क तिर्नुपर्ने झन्झट र महँगोले पर्यटकहरु तल्लो क्षेत्रबाटै फर्किनेको सङ्ख्या धेरै छन् ।


    तेस्रो आँखा