• ट्रेण्डिङ्ग :
नेपाल नेत्रज्योति संघ दाङ शाखाकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न

नेपाल नेत्रज्योति संघ दाङ शाखाकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न


  • 13.7K
    SHARES
    • चैत्र १२, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 21.1K Views

    नेपाल नेत्रज्योति संघ दाङ शाखाकाे २१ औं बार्षिक साधारणसभा सम्पन्न

     तुलसीपुर, १३ चैत । नेपाल नेत्रज्योति संघ दाङ शाखाको २१ औं बार्षिक साधारणसभा तथा ४७ औं नेत्रज्योति दिवस सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीकाे अध्यक्षतामा तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शार्माकाे प्रमुख आतिथ्यतामा  राप्ती आँखा अस्पताल रक्षाचाैरकाे प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियोे ।

    images

    कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शार्माले नेपालमा सबैभन्दा बढी आँखाकाे बिरामीलाई सेवा दिनेमा नेत्रज्योति संघ रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका सबै जिल्ला मात्र नभई कर्णाली प्रदेशका  जिल्लाहरुबाट पनि राप्ती आँखा अस्पतालमा सेवा लिन बिरामीहरु आउने गरेकोमा उहाँको भनाइ छ । साथै विकटका जिल्लाहरुमा अस्पतालले नै कर्मचारी खटाएर घुम्ती सेवा दिने गरेको पनि उहाँले बताउनुभयो ।

    प्रमुख शार्माले दाङमा राप्ती आँखा अस्पताल, लमही आँखा अस्पताल र कपिलवस्तुमा छन्द कलेबाबु नारायणी आँखा अस्पताल आँखा अस्पतालहरुले सर्भसुलभ सेवा दिइरहेका बताउनुभयो । राप्ती आँखा अस्पताल रक्षाचाैरले आँखाकाे नानी, आँखाकाे पर्दा, अकुलोप्लासटिक र नेत्रबाल आँखा गरि चार विधामा बिरामिलाई सेवा दिदै आएको उहाँले जानकारी दिनुभयो । 

    साथै राप्ती आँखा अस्पताललाई स्ताेरउन्नती  गरेर प्रतिष्ठानमा लैजाने तरिकाले काम गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले आफू जिल्ला समन्वय समिति दाङकाे प्रमुख भएको हैसियतले स्वास्थ्य सेवामा गुणस्तरीय सेवा प्रवाह गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभयो । FB_IMG_1742993520924.jpg

    नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्ण कुमार गिरीका अनुसार ५ सय ८५ जना आजिवन सदस्यहरु रहेका छन । यी मध्ये ३ सय ४१ जना सदस्यहरु नयाँ थप भएका हुन । 

    उक्त कार्यक्रममा  आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज समग्र बिवरण को प्रतिवेदन प्रमुख  प्रशाशक डा. शमशेर थापाले प्रस्तुत गर्नुभएको थियोे । साथै डा. थापाले यसवर्षको जेठदेखि फागुन मसान्तसम्म २ लाख ३० हजार ८२५ जनालाई आँखाको उपचार गरिएको बताउनुभयो ।

    उहाँले १२ हजार ९ सय ९६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा आँखा अस्पताल र ११ वटा उपचार केन्द्रबाट आँखा उपचार सेवा प्रदान गरिएको छ । यस्तै रोल्पा, रूकुम पुर्व र सुर्खेतमा सेवा थप गर्ने तयारी रहेको बताउनुभयो । साथै आर्थिक प्रतिवेदन नेपाल नेत्रज्योति संघ दाङका कोषाध्यक्ष श्याम प्रकाश आचार्यले प्रस्तुत गर्नुभएको हाे ।

    तुलसीपुर नगर उपप्रमुख स्यानी चाैधरी, पुर्व नगरप्रमुख ढुण्डिराज लामिछाने, पुर्व माननीय शंकर गिरी, पुर्व अध्यक्ष कुल बहादुर खत्री, राजपुर गाउँपालिकाका अध्यक्ष धनपती यादव, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, लुम्बिनी प्रदेशका सह-महामन्त्री खगराज पाण्डे, नेपाली काङ्ग्रेस दाङका सचिव अर्जुन कमार याेगी, नेकपा एमाले तुलसीपुर नगर अध्यक्ष रुपबहादुुर खत्री, नेकपा माओवादी दाङका सचिव विश्वराज आचार्य र गाेर्खा ग्रुपका अध्यक्ष बिष्णुप्रसाद घर्ति लगायतका प्रतिनिधिहरुले नेपाल नेत्रज्योति संघ दाङले आँखाकाे समस्या भएका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गरेकाे बताउनुभयो । साथै बिरामीहरुकाे मर्म बुझेर स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नुभयो । 

    उक्त अवसरमा राप्ती आँखा अस्पताललाई आर्थिक तथा पुर्वाधार निर्माण गर्नका लागि सहयोग गर्ने  दानवीर दम्पतीद्धय ध्रुव गौतम, सावित्रा गौतम, श्याम प्रकाश आचार्य र अजिता आचार्यलाई  सम्मान गरिएको थियोे । साथै दिनरात खटिएर संस्थाकाे समृद्धतर्फ लाग्ने तीन वटै आँखा अस्पताल बट नेत्र विशेषज्ञ तिम्रो नाम अन्वेषा श्रेष्ठ, प्रमुख लेखा अधिकृत कृष्ण प्रसाद भट्टराई, निमित्त प्रशासक सालिकराम गौतम, क्लिनिकल को तर्फबाट सन्तोष शर्मा, उपचार केन्द्र बट पल सिंह ओली र कार्यालय सहयोगी मङ्ग्रे नाउ लगायतका   कर्मचारीहरुलाई समान गरिएकाे थियोे । ययस्कर सदस्य सुधीर बाबु शाह लाई सम्मान गरिएको हो ।

    राप्ती आँखा अस्पतालकि कर्मचारी निरला आर्यालले कविता मार्फत आँखा समबन्धि जनचेतनामुलक कविता प्रस्तुत गर्नुभएको थियो । साथै राप्ती आँखा अस्पताल अध्यनरत विद्यार्थीहरुले विभिन्न  प्रकारका मनोरञ्जन नृत्यहरु प्रस्तुत गरेका थिए । 

    नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रमेश खड्काकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजिकरण नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव घनश्याम सुवेदीले गर्नुभएको थियोे ।


    तेस्रो आँखा