• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 2.7K
    SHARES
    • चैत्र १९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 4.1K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, चैत  २० ।  मङ्गलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।  

    images

    मङ्गलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा रु छ सय घटेर रु एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    त्यस्तै आज चाँदी प्रतितोला रु दुई हजार २० मा कारोबार भएरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस


    तेस्रो आँखा