• ट्रेण्डिङ्ग :
मृत अवस्थामा एक पुरुषको शव फेला

मृत अवस्थामा एक पुरुषको शव फेला


  • 4.0K
    SHARES
    • चैत्र २२, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.2K Views

    मृत अवस्थामा एक पुरुषको शव फेला

    बाजुरा, चैत २३ । बाजुराको बडिमालिका नगरपालिकामा रहेको बाउली खोलामा शनिबार मृत अवस्थामा एक परुषको शव फेला परेको छ । सो शव बडीमालिका नगरपालिका वडा नं –९ चौराटा बस्ने सूर्य विष्टको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

    images

    चौराटाका ४२ वर्षका विष्ट गत तीन दिनदेखि सम्पर्कविहीन हुनुभएको थियो । बाउलीको आसपासमा मृत विष्टको जुत्ता र मोबाइल एक दिन पहिला बाउली नजिक फेला परेको थियो ।

    आज बिहान उहाँ पनि त्यसै नजिक मृत अवस्था भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “यहाँका स्थानीयले उहाँको शव नेपाल विद्युत् प्राविधिकरणको बाजुरा वितरण केन्द्रको पावर हाउस नजिकै बाउली खोलामा भेटिएपछि खबर गरेका थिए ।  सोही खबर अनुसार हामी त्यहाँ जाँदा विष्ट मृत अवस्थामा भेटिएका हुन् ।”

    अहिले उहाँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ  । उहाँको आफन्तले हत्याको आशङ्का गरेकाले घटना कसले गरेको हो वा आफैँ लडेर खोलामा परेका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी बोहराले बताउनुभयो ।


    तेस्रो आँखा