• ट्रेण्डिङ्ग :
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट


  • 2.4K
    SHARES
    • चैत्र २५, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 3.7K Views

    सुनको मूल्यमा सामान्य गिरावट

    काठमाडौं, २६ चैत । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।

    images

    छापावाल सुनको मूल्य तोलाको १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार सुन तोलामा १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


    तेस्रो आँखा