• ट्रेण्डिङ्ग :
गलत सम्बन्धले निम्त्याएको दुर्घटना 

गलत सम्बन्धले निम्त्याएको दुर्घटना 


  • 7.1K
    SHARES
    • चैत्र ५, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.9K Views

    गलत सम्बन्धले निम्त्याएको दुर्घटना 

    रातको समय मण्डपमा विवाहको धुन बजिरहेको थियो ।  प्रिया र नवीन बेहुला बेहुलीको रूपमा सजिएका थिए ।   उमेरले नवीन दुई बिस अनि प्रिया मात्र बाईस वर्ष, उमेर को निकै अन्तर । 

    images

    प्रिया र प्रकाशको प्रेम सम्बन्धका बारेमा पुरै गाउँलाई थाहा थियो तर उनीहरूको घर परिवारले यो सम्बन्धलाई स्वीकार्न सकेन, कारण थियो जातीय विभेद । प्रकाश काम विशेषले सदरमुकाम पुगेका थिए भने यता प्रियाको झटपट विवाह को तयारी भइरहेको थियो ।

    प्रकाशले प्रियाको विवाहको खबर पाएर ऊ तुरुन्त गाउँमा फर्कियो तर निकै ढिला भइसकेको थियो । दुलही लिएर जन्ती फर्की सकेका थिए।
    विवाह को एक हप्ता बित्यो,  नवीन प्रियालाई लिएर दुलही फर्काउन  ससुराली आइपुगे । प्रिया आएको खबर थाहा पाएर प्रकाशले आफ्नो घरको झ्यालबाट नियाल्यो, रातो सारीमा सिन्दुर पोतेले सजिएकी उसकी प्रियालाई । आहा कति राम्री देखिएकी ।

    दुलही फर्काएर भोलिपल्ट प्रिया र नवीन घर फर्कन लागे । प्रकाश बाटोमै उनीहरूको प्रतीक्षा गरिरह्यो ।  प्रियाका दाजुले ट्याक्सी लिएर आए अनि प्रिया र नवीनलाई ट्याक्सीमा बसाए । परै बाट हेरिरहेको प्रकाशले बिदाइको हात हल्लायो । प्रियाको आँखाबाट आँसु रोकिएन । उनी रुमाल ले घरी घरी आँशु पुछ्न थालिन् ।

    नवीनले सोधे ‘के भो’ 
    प्रिया ‘केही होइन, आँखामा केही परे जस्तो छ ।’ 
    समय बित्दै गयो , विवाह भएको चार वर्ष भयो,  उनको छोरीको तेस्रो जन्मदिन ।  नवीनलाई छोरी प्रति कुनै लगाव छैन ।  उसलाई छोरीको जन्मदिन मनाउनका लागि गर्ने खर्च  फजुल हो भन्ने लाग्छ । छोरीको जन्मदिनको खर्च नवीनको भान्जाले गर्छन् । नवीनका भान्जा  सुरेश पनि प्रिया कै उमेरका , सायद त्यसैले पनि उनीहरू बीच धेरै  घनिष्टता बढ्दै जान्छ । 

    नवीनलाई पैसा भन्दा ठूलो केही होइन भन्ने लाग्छ । पैसा आउने बाहेक अन्य ठाउँमा उनी समय बिल्कुलै दिन चाहँदैनन्  शनिबार छोडेर बाँकी दिन उनी अफिस मै बिताउँछन् । अफिस मै खान्छन्, अफिस मै सुत्छन् । 
    नवीन प्रियाको लागि भौतिक सुखका चिजहरू को कहिल्यै कमी हुन दिँदैन थिए । प्रिया भने नवीनबाट  प्रेम  को अपेक्षा गर्थिन् । उनी चाहन्थिन् नवीनले उनलाई समय देओस् । नवीन सँगै घुम्ने, रमाउने उनको ईच्छा हुन्थ्यो । तर नवीन भने यी सब कुरामा बिल्कुलै ध्यान दिदैन थिए ।  

    प्रियालाई घुमाइदिन, माइत पुर्याइदिन, लिन जान, सपिङ गर्न आदि इत्यादि सबै कामका लागि नवीनले आफ्ना भान्जा सुरेशलाई भनेर राखेका थिए । 

    प्रिया को हरेक आवश्यकताहरु सुरेशले पुरा गरिदिन्थ्यो । कहिले सिनेमा देखाउन लैजाने त कहिले पार्कमा घुम्न । सुरेशले प्रियाको मनलाई राम्रो सँग बुझेको थियो । बिस्तारै प्रिया र सुरेशको सम्बन्ध माइजु भान्जाबाट प्रेमी प्रेमिका जस्तो भइसकेको थियो । 

    चारै तिर उनीहरूको सम्बन्धको बारेमा मानिसहरु  गार्इँगुर्इँ  चर्चा गरिरहेका थिए भने नवीन यी सबबाट अनजान बनिरहेका थिए। 

    प्रिया दोस्रो पटक प्रेगनेन्ट भइन् । गाउँभरि हल्ला चल्न थाल्यो  । भान्जाको भुँडी बोकी भन्दै सबै तिर चर्चा परिचर्चा हुन थाल्यो । केहीपछि प्रियाले छोरा जन्माइन् । नवीन को खुसी को सीमा नै रहेन । उनले छोरा भएको खुसियालीमा पार्टीको आयोजन ग¥यो । छोरीको लागि सुक्को खर्च नगर्ने उनी छोराको लागि खुलेर खर्च गरे । 

    एक दिन सुरेश आफ्नै फ्ल्याट भित्रै मृत अवस्था मा फेला पर्यो । पोस्ट मार्टम भयो । सुरेशलाई हार्ट अट्याक भएको रहेछ ।

    समय बित्दै गयो । अब प्रियालाई माइत लैजाने र घुमाउने जिम्मा नवीनले आफ्नो दाजुको छोरा अभयलाई दियो । अभयलाई प्रिया र सुरेशको सम्बन्धको बारेमा थाहा थियो । सोह्र बर्से भर्खर को ठिटो,  उ पनि बिस्तारै प्रिया तिर  नजिकिदै गयो र प्रियाले पनि कुनै प्रतिकार गरिनन् ।

    एक दिन गाउँका मानिसहरु जम्मा भएर प्रियालाई केरकार गर्न  थाले ।  प्रियाको घर अगाडि भीड लाग्यो । गाउँलेले प्रिया र अभय को गलत सम्बन्ध भएको आरोप लगाए तर नवीनले भने गाउँलेको  आरोप ठाडै अस्वीकार गरिदिए र गाउँलेहरु विरुद्ध मुद्दा हालिदिए । 

    यस्तो घटना घटी सकेपछि प्रियाको मनमा चिसो पस्यो । उनलाई आफूले ठूलो गल्ती गरेको महसुस गरिन् ।  उनले अब त्यो गल्ती न दोहोर्याउने निर्णय गरिन् ।  तर उनको भतिजो अभय भने यो मान्न तयार थिएन ।

    कलिलो उमेरको अभयलाई प्रिया एउटा आदत बनिसकेकी थिइन् । उ प्रियालाई कुनै पनि हालतमा छोड्न  चाहँदैनथ्यो ।  प्रियाले अभयलाई धेरै बुझाउने कोसिस गरिन् तर अभय ले बुझ्न नै चाहेन ।  बरु छोड्न परे आफू झुण्डिएर मर्ने धम्की दिन थाल्यो । 

    अन्तत उनले पुरानो प्रेमी प्रकाशलाई सबै कुरा सुनाइन् र यो चंगुलबाट आफू निस्कन चाहेको भनिन् । उनको कुरा सुनिसकेपछि प्रकाशले पनि उनलाई सहयोग गर्ने बाचा गर्यो । 
    यसै बीच प्रिया र प्रकाशको सम्बन्ध फेरि पुरानै अवस्था तिर फर्कन थाल्यो । उनीहरू फोनमा कुरा हुन थाल्यो  ।

    प्रिया ः तिमीले किन ऐलेसम्म बिहे नगरेको ?
    प्रकाश ः तिमी जस्तो कोही भेटिन त्यसैले । 
    प्रिया ः म खोज्दिउँ 
    प्रकाश ः  खोज तर हुबहु तिमी जस्तै हुनुपर्छ । 
    फेरि दुवै जना अट्टहास हाँसो हाँस्छन्  । 
    प्रिया ः के मलाई अझै स्वीकार्न सक्छौं ?
    प्रकाश ः दुई सय प्रतिशत
    प्रिया लजाउँदै मुस्कुराउँछिन् ।

    प्रिया र प्रकाश घण्टौंसम्म फोनमा कुरा गरिरहन्थे । सुख दुःख सबै कुरा  आपस मा सेयर गर्थे  । उनीहरू बीच एउटा चोखो माया झल्किन्थ्यो । 

    दुई जनाको प्रेमको बीचमा एउटा व्यक्ति बाधक बनिरहेको थियो  त्यो थियो अभय । उ कुनै पनि हालतमा प्रियालाई छोड्न तयार थिएन । ‘मलाई छोड्नुभयो भने अंकललाई तपाईं र मेरो रिलेसनको बारेमा भनिदिन्छु’  भन्दै अभयले प्रियालाई ब्ल्याकमेल गर्न थाल्यो । 

    एकदिन  प्रकाशले प्रियालाई फोन गरेर सुनसान ठाउँमा अभयलाई लिएर आउन भन्यो । प्रिया अभयलाई लिएर प्रकाशले बोलाएको ठाउँ मा पुगिन् । प्रिया र प्रकाश मिलेर  अभयलाई  धेरै सम्झाउने प्रयास गरे तर नसम्झिए पछि आवेगमा आएर प्रकाशले अभयको टाउकोमा पथ्थरले हिर्कायो । अभय अचेत भएर भुई मा लड्यो । उनीहरु त्यहाँबाट हतारहतार निस्किए । 

    भोलि पल्ट चारै तिर अभयको खोजि हुन थाल्यो । कतै नभेटिएपछि  थानामा रिपोर्ट लेखियो । गाउँ भरी का मान्छे जम्मा भएर कुरा काट्न थाले ‘हिजो सँगै निस्किएका थिए, आउँदा एक्लै’ 
    अर्को दिन बिहानै अभयको लास पुलिसले फेला पार्यो । पुलिस गाउँलेहरुको आशंका अनुसार प्रिया कहाँ पुग्यो । प्रियालाई थानामा लगियो । निकै केरकार पश्चात प्रियाले आफ्नो सम्बन्ध स्वीकार गरिन्  तर आफूले अभयलाई नमारेको बयान दिइन् । 

    निकै जाँच पड़तालपछि प्रकाश र प्रिया दोषी ठहरिए । उनीहरूले नै मिलेर अभयको हत्या गरेको साबित भयो । अदालतले प्रियालाई सबुत लुकाएको आरोपमा एक वर्ष को सजाय सुनायो भने   हत्याको आरोपमा प्रकाशलाई आजीवन कारावासको सजाय सुनायो ।

    नवीनले प्रियालाई छोडपत्र दिँदै  छोरा आफूले पाउनुपर्ने भन्दै अदालतमा मुद्दा हाले ।  नवीनले छोरालाई आफूसँग लिएर गए तर छोरीलाई भने प्रिया सँगै छोडिदिए ।  प्रियालाई उनको माइतीले पनि स्वीकार्न सकेन । उनी आफ्नी छोरीलाई लिएर  नदीको किनारमा पुगिन्  । छोरीलाई पानीमा डुबाएर मारिन,  त्यसपछि आफूले पनि बीस खाई देह त्याग  गरिन् ।


    दिपेश पण्डित (भूमीपुत्र)
    लेखकबाट थप