• ट्रेण्डिङ्ग :
सुनको मूल्य एकैदिन ५ हजार ७ सयले बढ्यो, नयाँ कीर्तिमान बन्यो

सुनको मूल्य एकैदिन ५ हजार ७ सयले बढ्यो, नयाँ कीर्तिमान बन्यो


  • 6.4K
    SHARES
    • चैत्र २७, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 9.8K Views

    सुनको मूल्य एकैदिन ५ हजार ७ सयले बढ्यो, नयाँ कीर्तिमान बन्यो

    काठमाडौं, २८ चैत । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ९बिहीबार० सुनको मूल्य तोलामा ५ हजार ७ सय रुपैयाँले बढेको हो ।

    images

    आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन बुधबार सुन तोलामा १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदी १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।


    तेस्रो आँखा