• ट्रेण्डिङ्ग :
नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड


  • 8.0K
    SHARES
    • चैत्र २९, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 12.4K Views

    नेपाल आयल निगमको नाफा नौ अर्ब ५० करोड

    काठमाडौँ, चैत २९ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा रु नौ अर्ब ५५ करोड नाफा आर्जन गरेको छ । निगमको आज आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।

    images

    निगमले गत आवमा रु तीन खर्ब ५६ अर्ब ७२ करोडको पेट्रोलियम पदार्थ आयात गरेकामा रु तीन खर्ब ६४ अर्ब ५२ करोड बराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।

    निगमले अघिल्लो आर्थिक वर्ष २०७९र८० मा रु तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।


    तेस्रो आँखा