• ट्रेण्डिङ्ग :
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च


  • 2.0K
    SHARES
    • बैशाख ८, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 3.1K Views

    सुनको मूल्य हालसम्मकै उच्च

    काठमाडौं, ८ बैशाख । नेपाली बजारमा सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज (सोमबार) सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो ।

    images

    आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार सुन तोलाको १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।


    तेस्रो आँखा