• ट्रेण्डिङ्ग :
नेप्से परिसुचक २ अंकले बढ्यो

नेप्से परिसुचक २ अंकले बढ्यो


  • 2.2K
    SHARES
    • बैशाख ११, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 3.4K Views

    नेप्से परिसुचक २ अंकले बढ्यो

    काठमाडौं, ११ बैशाख । चार दिनसम्म निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन भने बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०८ अंकले बढेर २६५८ विन्दुमा पुगेको छ । आज नेप्से ०.०७ प्रतिशतले बढेको हो । 

    images

    आज ७ अर्ब ८७ करोड ९३ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर कारोबार भएको छ । ८३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०८ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ७०३ पटक शेयर किनबेच भएको छ । 


    आज १३ वटा समूह मध्ये ५ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ । सबैभन्दा बढी लगानी समूह २.४९ प्रतिशतले बढेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.०३ प्रतिशतले बढेको छ । 

    आज सबैभन्दा बढी होटल तथा पर्यटन १.१६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम अन्य समूह ०.१३ प्रतिशतले घटेको छ ।

     


    तेस्रो आँखा