• ट्रेण्डिङ्ग :
आइपिएलमा १४ वर्षीय वैभवको सतक कीर्तिमान

आइपिएलमा १४ वर्षीय वैभवको सतक कीर्तिमान


  • 2.5K
    SHARES
    • बैशाख १६, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 3.9K Views

    आइपिएलमा १४ वर्षीय वैभवको सतक कीर्तिमान

    काठमाडौँ, वैशाख १६ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सका १४ वर्षीय ब्याट्सम्यान वैभव सुर्यवंशीले यतिवेला विश्वभरका क्रिकेट समर्थकको ध्यान खिच्नुभएको छ ।

    images

    १४ वर्षमै आइपिएल खेल्ने खेलाडीको रुपमा चर्चा बटुल्नुभएका वैभवले गुजराज टाइटन्सविरुद्ध सतक प्रहार गरेर अर्को वाहवाही बटुल्नुभएको छ । आइपिएलअन्तर्गत सोमबार राति भएको खेलमा गुजरातविरुद्ध उहाँले एक सय एक रन जोड्दै विश्व कीर्तिमान रच्नुभयो ।

    वैभवको सतक प्रेरित राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई आठ विकेटले पराजित गर्न सफल भयो । खेलमा पहिलो ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

    दुई सय १० रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १५।५ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । राजस्थानका लागि वैभवले ३८ बलमा सात चौका र ११ छक्काको सहयोगमा एक सय एक रन बनाउनुभएको हो ।

    उहाँको आइपिएलमा यो पहिलो सतक हो । अर्का ओपनर यशस्वी जैसवालले ४० बलमा ७० रन जोड्नुभयो । पहिलो विकेटका लागि वैभव र यशस्वीले एक सय ६६ रनको साझेदारी गर्नुभएको थियो । 

    यस जितसँगै राजस्थान १० खेलबाट ६ अङ्क बनाएको छ । पराजित गुजरातले  शीर्ष स्थानको आरसिबीसँग अङ्क बराबर गर्ने अवसर गुमायो । गुजरातको नौ खेलबाट १२ अङ्क छ । आरसिबी १४ अङ्कसहित शीर्ष थानमा छ । एजेन्सी 


    तेस्रो आँखा