• ट्रेण्डिङ्ग :
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ

गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ


  • 7.4K
    SHARES
    • बैशाख १७, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 11.4K Views

    गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ

    म्याग्दी, १७ बैशाख । म्याग्दीका घुम्ती पशुगोठ हिमाली भेगका लेकतर्फ सार्न थालिएको छ । हिउँदयाममा चिसो छल्न र आहाराका लागि बेँसीका फाँटमा ल्याइएका भेडाबाख्रा र गाईभैँसीका गोठ लेकतर्फ लैजान थालिएको हो । 

    images

    धवलागिरि गाउँपालिका–१ गुर्जाका किसान नरबहादुर छन्त्यालले बेँसीबाट उकालो लागेका गोठ साउनमा हिमालको फेदीका बुकी पाटनमा पुर्‍याउने र असोजमा बेँसी झार्ने चलन रहेको बताउनुभयो । “बेशीका फाँटमा बर्खेबाली लगाएपछि हप्तारदश दिनको अन्तरमा घुम्ती गोठ सार्दै हिमालतिर जान्छौँ,” उनले भने,“पाँच हजार मिटर उचाईको बुकी पाटनमा बर्खामा पोषिलो घाँस खुवाएर चिसो बढ्न थालेपछि गोठ बेँसी झार्ने गर्छौँ ।” 

    छन्त्यालसहित तीन वटा गाईभैँसीको गोठ गुर्जाको लाछाबाङदेखि बुकीमा लैजान लत्रबाङको खर्कमा घुम्ती गोठमा राखिएका छन् ।

    गोठालाले गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ भने लेकका चरन क्षेत्रलाई बुकी पाटन । खर्कमा रहेका ढुङ्गाको पर्खालमा काठ र निगाला तेर्साएर त्रिपाल र पाल राखेर अस्थायी गोठ बनाइन्छ ।

     ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा गोठ लैजाने गरिन्छ । हिमाली क्षेत्रको बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ्य, बलिया र दूधालु हुने धवलागिरि गाउँपालिका–३ मुनाका लीलबहादुर पुनले बताए । 

    धवलागिरिको गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ, रघुगङ्गाको कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम, ठाडाखानी, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख, राम्चेका किसानले घुम्ती गोठमा परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । 

    च्ष्ममष्कष्ममष्  वभधभििभचक
    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले लेकतर्फ लैजानुअघि पशुलाई महामारीविरुद्धको खोप लगाइएको जानकारी दिए ।

    खोरेत, पिपिआर, भ्यागुते, चरचरे र रेविज रोगबाट पशुलाई बचाउन गण्डकी प्रदेशको पशुमा पूर्ण खोप कार्यक्रममार्फत निःशुल्क खोप लगाइएको उनले बताए । 

    प्रदेश सरकार र स्थानीय तहले घुम्ती गोठ निर्माण गर्न अनुदानका लागि बजेट विनियोजन गरे पनि नीतिगत समस्याका कारण किसानले सुविधा पाउन सकेका छैनन् । 

    लेकाली क्षेत्रमा व्यक्तिगत जग्गा नभएको र सार्वजनिक जग्गामा संरचना बनाउँदा हुने खर्चलाई महालेखापरीक्षक तथा अख्तियार आकर्षित हुने हुँदा बजेट परिचालन हुन नसकेको धवलागिरि गाउँपालिका–३ का वडा अध्यक्ष देवेन्द्र रोकाले बताए । 

    बँेसीका खेतबारीमा घुम्ती गोठ राखेर जमिनलाई मलिलो बनाउने चलन छ । युवा पुस्ताले बेवास्ता गर्दा र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा गरिने पशुपालन सङ्कटमा परेको रघुगङ्गा गाउँपालिका–२ भगवतीका नन्दबहादुर भण्डारीले बताए । 


    तेस्रो आँखा