तुलसीपुर, ४ जेठ । दाङमा तुलसीपुरमा ७५ बर्षीय वृद्धाले ७ बर्षीय बालिकालाई बलात्कार गरेका छन ।
तुलसीपुर-१७ बनकट्टा निवासी ७५ बर्षीय एक जेष्ठ नागरिकले ७ बर्षीया नातिनी माथि बलात्कार गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार शनिबार अपरान्ह ४ बजेतिर नातिनी बाख्रा चराउन गएको बेलामा पानी तिर्खा लागेर पीडक बाजेको घरमा जाँदा चक्लेट खाने पैसा दिन्छु भनि जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
प्रहरीमा उजुरी परेपछि पीडकलाई पक्राउ समेत गरिएको छ । उनलाई ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ । बालिकाको स्वास्थ्य परिक्षण पश्चात हजुर आमाको जिम्मा लगाइएको छ ।
