• ट्रेण्डिङ्ग :
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै अख्तियार

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै अख्तियार


  • 5.5K
    SHARES
    • जेठ ९, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 8.4K Views

    पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै अख्तियार

    काठमाडौँ, जेठ ८ । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टचारको छानविन गर्दै हुने भएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गरेको अध्ययन प्रतिवेदनका आधारमा छानबिन गरी कारबाही अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय गरेको छ । यो निर्णयसँगै अव ठुलो भ्रष्टचारको छानविन हुने भएको हो ।

    images

    समितिको आजको बैठकले अध्ययन प्रतिवेदनमा प्राप्त विषयलाई आवश्यक छानबिन गरी कारबाही अघि बढाउन आयोगलाई लेखी पठाउने निर्णय गरिएको समिति सदस्य राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

    यसअघि समितिले उक्त विमानस्थल निर्माणमा अनियमिता भएको उजुरीका आधारमा सदस्य राजेन्द्र लिङदेनको संयोजकत्वमा छानबिन अध्ययन उपसमिति गठन गरेको थियो । उपसमितिले प्रतिवेदनमा औँल्याएका विषयका आधारमा समितिले छानबिन अघि बढाउन आयोगलाई आज निर्देशन दिएको हो । 

    उपसमितिले गत वैशाख १५ गते बुझाएको प्रतिवेदनका आधारमा थप अध्ययन, अनुसन्धान गरी दोषी देखिएमा मुद्दालगायतका कानुनी कारबाही अघि बढाउन र त्यसको जानकारी समितिलाई दिन आयोगलाई पत्राचार गरिएको जनाइएको छ ।


    तेस्रो आँखा