• ट्रेण्डिङ्ग :
लामिछानेको मुद्दामा आदेशको प्रतीक्षा : आनाकानीमा न्यायाधीशहरू आदेश लेख्दै

लामिछानेको मुद्दामा आदेशको प्रतीक्षा : आनाकानीमा न्यायाधीशहरू आदेश लेख्दै


  • 7.0K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 10.8K Views

    लामिछानेको मुद्दामा आदेशको प्रतीक्षा : आनाकानीमा न्यायाधीशहरू आदेश लेख्दै

    काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं नेपाल सरकारका पर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्च अदालतले आदेश सुनाउँदै छ ।

    images

    शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलास लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारीमा छ । यसबिचमा न्यायाशीधहरु ढोका बन्द गरेर आदेश लेखनमा छन् । 

    लामिछाने समर्थक भने सर्वोच्च परिसरमा आदेशको प्रतिक्षामा छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ । 

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।  उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा