• ट्रेण्डिङ्ग :
मेरो कारणले रबि लामिछाने थुनिएको भए म पापको भारी बोक्न चाहान्न : सहकारी पिडित पहराइ

मेरो कारणले रबि लामिछाने थुनिएको भए म पापको भारी बोक्न चाहान्न : सहकारी पिडित पहराइ


  • 9.4K
    SHARES
    • जेठ १२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 14.4K Views

    मेरो कारणले रबि लामिछाने थुनिएको भए म पापको भारी बोक्न चाहान्न : सहकारी पिडित पहराइ

    रूपन्देही, ११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभापति एवम् नेपाल सरकारका पुर्व गृहमन्त्री रवि लामिछानेको विरूद्वमा जाहेरी नदिएको बताउँदै आउनुभएका रूपन्देहीका नारायण पहराईले सर्वोच्चको आदेशमा समेत आफ्नो नाम पुनः समावेश भएको भन्द‌ै आपत्ति जनाउनु भएको छ।

    images

    रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने क्रममा सर्वोच्चले ‘नारायणबहादुर पहराईसहितको जाहेरी’ उल्लेख गरेको छ । जबकि पहराईले कसैविरुद्ध उजुरी नै नदिएको बताउँदै आउनुभएको छ। उहाँले कुनै व्यक्ति विरुद्ध उजुरी नदिएको र रहक फिर्ताको लागि निवेदन मात्र दिएको बताउनु भएको छ ।

    सुप्रिम सहकारीबाट पीडित पहराईको रलामिछाने विरूद्वको जाहेरीमा रहेका ४४ जनामध्ये पहिलो नम्बरमा पहराइको नाम रहेको छ । आफू सहकारीपीडित भए पनि लामिछानेविरुद्ध जाहेरी नदिएको भनेर पटक–पटक सार्वजनिक गर्दै आउनुभएको पहराईले रविलाई पुर्पक्षका लागि थुनामै राख्ने उच्चको आदेश सर्वोच्चले सदर गरेपछि पुनः आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

    लामिछाने विरुद्धको मुद्दामा प्रहरी र राज्यसंयन्त्रले आफूलाई जबर्जस्ती तानेको र आफ्नै कारण उनी थुनामा गएका भए पापको भारी बोक्न नसक्ने भन्दै पीडा शनिबार राति फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।

    उहाँले लेख्नुभएको छ -‘म जाहेरीकर्ता होइन, मलाई प्रहरी र राज्यसंयन्त्रले जबर्जस्ती मुद्दामा तानेको छ । तर, सर्वोच्चको आदेशमा समेत मेरै नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ,’ उहाँले लेख्नुभएको छ, ‘मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्नँ । कृपया दया गरी मेरो नाम उजुरीकर्ताबाट हटाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’Screenshot 2025-05-25 063723.jpg

    सुप्रिम बचत तथा ऋण सहकारीको पीडितमध्ये एक पहराईले आफ्नो सादा निवेदनलाई सहमतिविना जाहेरी बनाइएको दाबी गर्दै आएउनु भएको छ । ‘मैले यसअघि पनि जानकारी गराइसकेको थिएँ कि म जाहेरीकर्ता होइन, सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरियो,सयौँ पीडितमध्ये किन मेरो निवेदनलाई मात्र जाहेरीका रूपमा लिइयो रु के मलाई यो देशमा बाँच्ने अधिकार छैन रु विदेश नै जानुपर्ने हो रु किन मप्रति सरकारले प्रतशोध साँध्दै छ ?’ ।

    यो घटनाले उजुरीकर्ताको नाम प्रयोगमा रहेको प्रक्रिया, सहमति र वैधानिकतामाथि नै प्रश्न उठाएको छ । उजुरी दिदै नदिएर पनि प्रहरीले बलपुर्वको लगाएको आरोपमा अहिले प्रहरीको अनुसन्धानमा नै आम नागरिकहरुको आवाज खडा भएकाे छ । पहराईले आफूमाथि भएको अन्यायविरुद्ध न्याय खोजिरहेको पनि बताउनु भएको छ । यसअघि पहराईले यस्तो धारणा सार्वजनिक गरेपछि उजुरीकर्ताको १६ नम्बरमा नाम रहेकी गीता आचार्य र ६ नम्बरमा नाम रहेकी पूजा न्यौपानेले पनि आफूहरूले सहकारीमा डुबेको रकम उठाउन निवेदन दिएको तर लामिछानेविरूद्वको जाहेरीमा प्रहरीले दुरूपयोग गरेको भन्दै हटाउन माग गरेका थिए ।

    तर, यति लामो अनुसन्धानका क्रममा नबोलेका उनीहरू अहिले लामिछाने कारागार गएपछि कसरी बोली फेरे भन्ने विषयमा सबैलाई आश्चर्यमा पारेको छ ।

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने

  • तेस्रो आँखा
    लेखकबाट थप