• ट्रेण्डिङ्ग :
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु

बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु


  • 7.2K
    SHARES
    • जेठ १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 11.0K Views

    बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ को मृत्यु

    काठमाडौं, १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

    images

    नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ । दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ ।

    सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।


    उहाँका अनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् ।

    बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।


    तेस्रो आँखा