• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक १७.४४ अङ्कले बढ्यो,

नेप्से परिसूचक १७.४४ अङ्कले बढ्यो,


  • 1.8K
    SHARES
    • जेठ १५, २०८२ बुधबार
    • १ बर्ष अघि
    • 2.8K Views

    नेप्से परिसूचक १७.४४ अङ्कले बढ्यो,

    काठमाडौँ, १४ जेठ । नेप्से परिसूचक दोहोरो अङ्कको सुधार आएको छ । बुधवार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १७।४४ अङ्कले बढेर २ हजार ६९३।०६ विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४।२३ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १।४८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १।५९ अङ्कले बढेको छ ।

    images

    बुधवार कारोबारमा आएका ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ८ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । मंगलबारको बजारमा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । 

    कारोबारमा आएका मध्ये २ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । जसमध्येमा ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको  छ भने ग्रिन डेभलपमेन्ट बैङ्कको शेयर मूल्य ९।८५ प्रतिशतले बढेको छ । तर बाराही हाईड्रोपावरको सर्वाधिक घटेर कारोबार भएको छ । 

    बुधबार ङादी ग्रुप पावर कम्पनीको मात्रै १ अर्ब ५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस्तै, राधी विद्युतको ६० करोडको कारोबार हुँदा युनिभर्सल पावरको ५१ करोडको सेयर किनबेच भएको छ ।

     


    तेस्रो आँखा