• ट्रेण्डिङ्ग :
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठजना घाइते

डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठजना घाइते


  • 4.6K
    SHARES
    • जेठ १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 7.1K Views

    डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठजना घाइते

    दिपायल, जेठ १८ । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सु।प।प्र। ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको हो ।

    प्रहरी निरीक्षक नवराज रावलले आइतबार बिहान ९ः३५ बजेको समयमा मोडमा जिप अनियन्त्रित भई दुघर्टना भएको बताउनुभयो । जिप सडकबाट एक सय मिटर तल खसेको जनाइएको छ ।

    दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका – ६ गगुडा कै ५० वर्षीया चना देवी चन्द, सोही ठाउँका ४० वर्षीया महेश्वरा देवी चन्द, ४२ वर्षीया बिर्मा देवी चन्द हुनुहुन्छ । त्यस्तै, बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उहाँको दुई वर्षीया छोरी रियान्सा देउवा घाइते हुनुभएको छ । 


    तेस्रो आँखा