अस्टिन टेक्सास
राप्ती अञ्चलका प्रवासी नेपालीहरूले संयुक्त राज्य अमेरिकामा गैर-नाफामूलक सस्था “अमेरिकन राप्ती समाज ” को स्थापना गर्ने निर्णय गरेका छन। यो संगठन राप्ती अञ्चलका नागरिकहरूको सामाजिक, आर्थिक, र सांस्कृतिक विकासमा योगदान पुर्याउने उद्देश्यले गठन गर्न लागिएको हो।संस्थाको गठन समारोह आगामी 2025 जुन 15 मा "Curry Kitchen" 15424 Farm to Market Rd 1825 Suite 230, Pflugerville, TX 78660 मा दिउसो १:०० बजे देखीआयोजना हुने भएको छ। यस समारोहमा राप्ती अञ्चल बासीहरु सहभागी हुनेछन। कार्यक्रममा संगठनका उद्देश्यहरू, गतिविधिहरू, र भविष्यका योजनाबारे जानकारी गराइनेछ
संस्थाको प्रमुख्य उद्देश्य राप्ती अञ्चलका नागरिकहरूको लागि शिक्षा, स्वास्थ्य, र रोजगारका अवसरहरू सिर्जना गर्नु हो। यसका साथै, राप्ती अञ्चलका सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धनमा ध्यान दिनेछ।संस्थानले राप्ती अञ्चलका बासिन्दाहरूलाई अमेरिका र नेपालमा समुचित सहयोग र सहकार्यको माध्यमबाट विकासका अवसरहरू प्रदान गर्ने छ। यसमा, राप्ती समुदायका सदस्यहरूको लागि विभिन्न तालिम, कार्यशाला, र स्वास्थ्य शिविरहरूको आयोजना गर्ने कार्यहरू रहेका छन।
“अमेरिकान राप्ती समाज” राप्ती अञ्चलका नागरिकहरूको लागि एक सशक्त प्लेटफर्म हुने छ, जसले राप्ती बासी हरूको आवाजलाई उच्च बनाउने र उनीहरूको हक र अधिकारको रक्षा गर्ने काममा मद्दत गर्नेछ। सस्थाले नेपाल र अमेरिकामा राप्ती बासी हरूको बीचमा सहयोग र सहकार्यको पुल निर्माण गर्नेछ, जसले दुई पक्षलाई जोड्ने र आपसी विकासमा मद्दत गर्नेछ।"
यो सस्थाले राप्ती अञ्चलका नागरिकहरूको लागि नयाँ आशा र अवसरहरूको खुल्ला ढोका प्रदान गर्नेछ। राप्ती समाजको एकता र योगदानले मात्र हामीले हाम्रो लक्ष्य हासिल गर्न सक्छौं।संस्थाको स्थापना र उद्घाटन समारोहमा सहभागी हुन र थप जानकारी थप जानकारी चाहिएमा कृपया तल दिईएका नबरमा सम्पर्क गर्नुहोस।
डि बि रावत ५१२ ८७९ ८८३५, सामना देव्कोटा ५१२ ७७९ १३२३, सुजन बुधाथोकी ७३७ ४१४ ९००८, निम भारती २५४ ७९१ ३४५४, लीला डागी ६४६ ९४४ ०७३५
