काठमाडौँ, असार १४ । मुलुकभर १५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास निर्देशनालयका अनुसार शक्रबारसम्म १५।६ प्रतिशत अर्थात् दुई लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।
गत वर्ष सो अवधिमा १७।२ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत आवको तुलनामा यस वर्ष असारको दुई साता बित्न लाग्दा रोपाइँ भने ढिला भएको तथ्याङ्कले देखाएको छ । निर्देशनालयका अनुसार शुक्रबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ४५।५ प्रतिशत, कर्णाली प्रदेशमा ३९।१ प्रतिशत, बागमती प्रदेशमा २० प्रतिशत र कोशी प्रदेशमा १४।३ प्रतिशत रोपाइँ भएको छ ।
यस्तै गण्डकी प्रदेशमा १३।८ प्रतिशत, लुम्बिनी ९।७ प्रतिशत र सबैभन्दा कम मधेश प्रदेशमा ३।९ प्रतिशत रोपाइँ भएको छ ।
यस वर्ष समयमा वर्षा सुरु भए पनि पहाडको तुलनामा तराईका जिल्लामा ढिलो धान रोपाइँ भएकाले धान रोपाइँमा थोरै प्रतिशत देखिएको हो । मुलुकभर १३ लाख ९१ हजार ३२१ हेक्टर क्षेत्रफलमा धान रोपिने अनुमान छ
