• ट्रेण्डिङ्ग :
आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर


  • 6.5K
    SHARES
    • आषाढ २२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 9.9K Views

    आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ, २२ असार । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

    images

    युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, र स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

    यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्राको विनिमय दर

  • तेस्रो आँखा