• ट्रेण्डिङ्ग :
त्रिशुली नदीकाे किनारमा पुरुषको शव भेटियो

त्रिशुली नदीकाे किनारमा पुरुषको शव भेटियो


  • 8.7K
    SHARES
    • आषाढ २६, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 13.3K Views

    त्रिशुली नदीकाे किनारमा पुरुषको शव भेटियो

    काठमाडौं, असार २६ । चितवनको इच्छाकामना गाउँपालिका –६ कालिखोलास्थित त्रिशुली नदी किनारमा एक पुरुषको शव फेला परेको छ। अन्दाजी ५० वर्षिय पुरुषको केही अंग नभएको शव फेला परेको प्रहरीले जनाएको छ । 

    images

    शव भेटिएको खबर पाउनासाथ मनसुनजन्य विपद् प्रयोजनार्थ सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा वेस भालढुङ्गबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले शवको मुचुल्का उठाई भरतपुर जिल्ला अस्पताल लगेको जनाएको छ । फेला परेको शवको पहिचान हुन बाँकी रहेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताउनुभयो ।  

    असार २४ गते रसुवामा आएको बाढीमा बेपत्ता व्यक्तिको शव हुन सक्ने आशंका थापाले गर्नुभयो । 

  • सम्बन्धित विषय:

  • # पुरुषको शव

  • तेस्रो आँखा