• ट्रेण्डिङ्ग :
दाङमा पौडी खेल्ने क्रममा बबई नदिमा बेपत्ता भएका २ युवकको शव फेला

दाङमा पौडी खेल्ने क्रममा बबई नदिमा बेपत्ता भएका २ युवकको शव फेला


  • 13.4K
    SHARES
    • आषाढ ३०, २०८२ सोमबार
    • १ बर्ष अघि
    • 20.6K Views

    दाङमा पौडी खेल्ने क्रममा बबई नदिमा बेपत्ता भएका २ युवकको शव फेला

    दाङ, ३० असार । दाङको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तुलसीपुरका दुबै जना विद्यार्थीको शव फेला परेको छ ।
    तुलसीपुर उपमहानगरपालिका – ६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर – ७ का १७ वर्षीय विधान केसीको शव बेलुकी ५ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुर्य राना मगरले बताउनुभयो ।

    images

    आज सोमबार बबई गाउँपालिका – ५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर दिउँसो साढे २ बजेतिर बेपत्ता भएका थिए ।

    इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शब खोजी गर्ने क्रममा फेला परेको हुँदा आफन्तलाई बोलाइएको बताउनुभयो ।

    अहिले आफन्त पुगेपछि दुबैको शव तुलसीपुर ल्याउने तयारी भईरहेको छ । मृतक दुबै जना तुलसीपुरको एक कलेजमा अध्यनरत छन् । उनीहरु साथीहरु संगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले बताएको छ ।

    ६ जना साथीहरु झरना अवलोकनका लागि पुगेको प्रहरीले बताएको छ । त्यस क्रममा नुहाउन भनेर पहिले विद्यान नदीमा पसेपछि तीब्र बहाबले बगाएको थियो । त्यसपछि साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । त्यसपछि कुशलपनि बेत्तपा भएका थिए ।

     


    तेस्रो आँखा