• ट्रेण्डिङ्ग :
वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध

वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध


  • 6.8K
    SHARES
    • श्रावण ५, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 10.5K Views

    वर्षाका कारण देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध

    काठमाडौँ, साउन ४  । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

    images

    प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग छन् ।

    यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम–लोमान्थाङ सडक, रोल्पास्थित सहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् ।

    यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस


    तेस्रो आँखा