• ट्रेण्डिङ्ग :
श्रीमतीको हत्यापछि प्रहरीलाई फोन गर्ने पूर्वसैनिक पक्राउ, ‘सैतान ठानेर हानेको’ बयान

श्रीमतीको हत्यापछि प्रहरीलाई फोन गर्ने पूर्वसैनिक पक्राउ, ‘सैतान ठानेर हानेको’ बयान


  • 12.5K
    SHARES
    • श्रावण १२, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 19.2K Views

    श्रीमतीको हत्यापछि प्रहरीलाई फोन गर्ने पूर्वसैनिक पक्राउ, ‘सैतान ठानेर हानेको’ बयान

    काठमाडौं, ११ साउन । सुर्खेतको वीरेन्द्रनगरमा एक पूर्वसैनिकले सँगै सुतिरहेकी आफ्नी श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर(१३, करेखोलाका बासिन्दा ४२ वर्षीय दानसिंह ठाडामगरले आइतबार बिहान करिब २ बजेतिर खाटमा सुतिरहेकी ४१ वर्षीया श्रीमती रविना थापाको टाउकोमा काठले प्रहार गरी हत्या गरेका हुन् ।

    images

    हत्यापछि दानसिंहले आफैँ प्रहरी र विदेशमा रहेका छोराछोरीलाई फोन गरी हत्या स्वीकार गरेका छन् । घटनालगत्तै उनले शान्त भावमा वडाध्यक्ष दीपेन्द्रराज कोइरालालाई फोन गरेर प्रहरीको नम्बर मागेका थिए । त्यसपछि प्रहरी कन्ट्रोल र विदेशमा रहेका आफ्ना छोराछोरीलाई समेत फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी ९डीएसपी० मोहनजंग बुढथापाले जानकारी दिए ।

    प्रहरीले प्रारम्भिक सोधपुछ गर्दा दानसिंहले ‘मलाई केही थाहा भएन, सैतान ठानेर हानेको हुँ’ भन्दै अनौठो बयान दिए । घटना हुनुभन्दा अघिल्लो दिन शनिबार परिवारमा कुनै विवाद वा असामान्य गतिविधि देखिएको थिएन ।

    स्थानीयका अनुसार दिउँसो दानसिंहका बुवाआमा घरमा आएर हाँसोखुसीका साथ खाना खाएर फर्किएका थिए । बेलुका खाना खाइसकेपछि श्रीमान-श्रीमती ओछ्यानमा पल्टिएर मोबाइल हेरिरहेका थिए । श्रीमती रविना मोबाइल हेर्दाहेर्दै निदाएपछि दानसिंहले खाटको खुट्टा बनाउन राखिएको काठको मुङ्ग्रोले टाउकोमा प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।

    नेपाली सेनाबाट अवकाश प्राप्त दानसिंहका एक छोरा दुबई र एक छोरी जापानमा छन् भने अर्की एक छोरी सुर्खेतमै बस्छिन् । आफन्तहरूका अनुसार, विगतमा मदिरा सेवन गर्ने गरे पनि उनले पछिल्लो एक हप्तादेखि रक्सी पिउन छाडेका थिए । प्रहरी टोली घटनास्थल छ ।

    प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि प्रदेश अस्पताल पठाएको छ भने हत्या आरोपी दानसिंह ठाडामगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या

  • तेस्रो आँखा