• ट्रेण्डिङ्ग :
सिन्धुलीमा बेपत्ता भएका १६ जना सदस्य पोखरामा फेला

सिन्धुलीमा बेपत्ता भएका १६ जना सदस्य पोखरामा फेला


  • 7.7K
    SHARES
    • श्रावण १४, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 11.9K Views

    सिन्धुलीमा बेपत्ता भएका १६ जना सदस्य पोखरामा फेला

    लेखनाथ, साउन १२ । सिन्धुलीबाट सम्पर्कविहीन भएको हायू परिवारका १६ जना सदस्यहरु कास्कीको पोखरा महानगरको गगनगौंडामा भेटिएका छन् । 

    images

    हायू परिवारका सदस्यहरु गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । “उहाँहरु गगनगौडाका दुई जना स्थानीयको घरमा भेटिनुभएको छ” ओलियाले भन्नुभयो, “उहाँहरुलाई आफन्तको जिम्मा लगाउने छलफल हुँदैछ ।”

    शनिबार आएर पोखराको होटल जननीमा बसेको हायू परिवार आइतबार त्यहाँबाट निस्केका थिए । उनीहरुले प्रहरीलाई मजदूरी गर्न पोखरा आएको जानकारी दिएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा ६ बाट हायू परिवार गएको शुक्रबारदेखि सम्पर्कविहीन रहेका थिए ।  


    तेस्रो आँखा