• ट्रेण्डिङ्ग :
राप्ती राजमार्ग : कपुरकोटमा पहिरोले दाङ–सल्यान सडक ठप्प

राप्ती राजमार्ग : कपुरकोटमा पहिरोले दाङ–सल्यान सडक ठप्प


  • 6.2K
    SHARES
    • श्रावण २१, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 9.5K Views

    राप्ती राजमार्ग : कपुरकोटमा पहिरोले दाङ–सल्यान सडक ठप्प

    सल्यान, साउन २० ।  सोमबार रातिदेखि लगातार परेको वर्षाका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।

    images

    दाङ–सल्यान सिमानामा रहेको पहिरो प्रभावित क्षेत्र बिहानैदेखि बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् । कपुरकोट प्रहरी चौकीका प्रमुख टङ्केश्वर भट्टराईका अनुसार सडक खुलाउने प्रयास तीव्र पारिएको छ ।

    “पानी झनझन परिरहेको छ, सडक सफा गर्न कठिनाई भइरहेको छ,’’ प्रमुख भट्टराईले भन्नुभयो, ‘‘पहिरोको जोखिम अझै कायमै रहेकाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।’’

    यस सडकखण्ड हुँदै सल्यान, रुकुम, रोल्पालगायत जिल्लाहरू आवतजावत गरिँदै आएको छ । सडक खुल्ने समयबारे निश्चित जानकारी नआएको प्रहरीले जनाएको छ ।

    विगत तीन वर्षदेखि राप्ती राजमार्गको दाङ–सल्यान सडकखण्ड सडक चौडा बनाउने  काम भइरहेको छ । सडक स्तोरोन्तीको क्रममा नयाँ कटिङ गरेकाले यहाँ वर्षायाममा सडकमा माथी वाट पहिरो खस्दा यात्रुहरुले सास्ती ब्यहोर्दे आएका छन् ।


    तेस्रो आँखा