काठमाडौं,१० चैत्र । काठमाडौंको जोरपाटी–साँखु सडकखण्ड स्थानीयलदे अवरोध गरेका छन् । उत्त सडक खण्ड कालोपत्रे (पिच) गर्न माग गर्दै थलीका बासिन्दाले सडक अवरुद्ध पारेका हुन् । यो सडकमा उनीहरुले बाँसका भाटा तेर्स्याएर सवारी आवागमन रोकेका छन् ।
यसैगरी ललितपुरको सातदोबाटो–चापागाउँ सडकखण्डमा पनि स्थानीयले यातायात अवागमन अवरुद्ध पारेका छन् । सडक कालोपत्रे गर्न माग गर्दै स्थानीय सो सडकखण्ड विगत तीन दिनदेखी अवरुद्ध पारेको स्थानीयको भनाइ छ । चिबहाल र सुनाकोठीमा बाँस तेर्स्याएर स्थानीयले सडक बन्द गराउँदा सवारी आवागमन प्रभावित भएको छ ।
उक्त सडक मर्मतको काम ठेकदारले शुरु गरेपनि मर्मत कार्य पूर्णरुपले नसकिएसम्म सवारी साधन चल्ने नदिने स्थानीयले बताएका छन् । उता सातदोबाटो–चापागाउँ चल्ने सवारी साधनलाई धापाखेल–सुमेरु अस्पताल–सातदोबाटो हुँदै आउने जाने व्यवस्था मिलाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यसैबीच नागढुंगाभन्दा तल नाग मन्दिरमा बस बिग्रिएका कारण ट्राफिक जाम भएको छ । हाल सवारी साधनलाई एक लेनमा आलोपालो सन्चालन गराइएकाले नागढुंगा नाका हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेको महाशाखाले जनाएको छ । यी लगायत दर्जनबढी सडकहरु मर्मत तथा पिचको जिम्मा लिएका ठेकेदारले समयमा काम नगर्दा आम सर्वसाधारणलाई मार परेको छ ।
उपत्याका भित्रका यी सडकहरुमा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आज बिहानैदेखि सडक अबरुद्ध पारेका हुन् । उपत्याकाको विकास निर्माणको गति यस्ता छ भने दुर्गम पहाडि जिललाको अवस्था कस्तो होला सहज आकलन गर्न सकिन्छ ।
ठेकेदारले जिम्मा लिने र समयमा गुणस्तरिय काम नगर्दा नागरिकले निरन्तर सास्ती खेप्नु परेको स्थानीयहरुको गुनासो छ । कामको जिम्मा लिएर सरकारी बजेट दोहन गर्ने र समयमा गुणस्तरिय काम नगर्ने त्यस्ता ठेकेदारलाई सरकारले समेत कारबाहिको दायरामा ल्याउन सकेको छैन् ।
